Thursday, March 31, 2016

भारत र इयुको अमर्यादित टिकाटप्पणि

हाम्रो राष्ट्रको विकासको गति सुस्त छ, हामी जनताबीच विविधता छ, रहनसहन र संस्कृतिमा भिन्नता छ, अनेकता छ! यो अनेकता, विविधताबाट सम्भव भए सम्मको सबै भन्दा उच्च सहभागिता र समावेशिताले संविधानसभा मार्फत गणतान्त्रीक नेपालको संविधान ल्याएको झण्डै नौ महिना पुग्न लाग्यो। विगतका वर्षहरूमा नेपालमा मौलाएको राजनीतिक संस्कार देखि निराश बनेका जनतामाझ नयाँ संविधानको आगमनसंगै अलिकति आशाको धर्सो पलाएको छ।
तर छिमेकी राष्ट्र भारतले नेपालमा राजनीतिक स्तिरता देख्न नचाहेको प्रमाणित गर्दै नाकाबन्दी जस्तो अमानविय हत्कण्डा पनि अपनायो। नाकाबन्दी र केही भुभागको जनतामाझ रहेको असमझधारीले फुट ल्याउन दुष्प्रयास सफल हुन नसकेपछि  गुजराती नरसंहारको रचयिता मोदी बौलाउँदै युरोपियन युनियन संगै निकालिएको वकत्तव्यले र अनुचित ढंगले गरिएको टिका टिप्पणीले यो स्वामानी र सार्वभौमता सम्पन्न एक स्वतन्त्र नेपालीको मन दुख्यो।
छिमेका भान्सामा जे सुकै पाकेपनि आफ्नो अनुकुल चाहेको कुरा पाकेन भन्दै टाउको दुखाउने कति सम्म हास्यास्पद कुरा होला! भारतिय दृष्टीकोण र वैदेशिक नीति यस्तो शैलीको देख्दा घीन लाग्यो।
खबरदार!
हामी जनताबीच रहेको सांस्कृतिक, भौगोलिक  भिन्नतालाई र विविधतालाई गलत तरिकाले कुनै छिमेकी राष्ट्रले गलत मनसायले टिका टिप्पणी गर्छ भने यो मान्य छैन। हामी हाम्रा समस्या सुलझाउन आफैं सक्षम छौ।
अरूको आन्तरिक मामिलामा बोल्नु भन्दा बरू छिमेकी राष्ट्र भारतले यो २१औं शताब्धीमा पनि सुन्दा लाजमर्दो घर-टोल र सडकमा हुने महिला हिंसा र चेलीबेटी बलात्कृत हुने समस्या रोक्न पहिला ध्यान दिन सकोस्, र इयुले आइिससबाट आक्रान्त युरोपलाई आइसिस आतंक मुक्त र शान्त तुलाउन ध्यान दियोस्। अनेकौं समस्या र आन्तरिक द्वन्दसंग जुधेर समस्या सुल्झाउँदै शान्ती र विकासको पथमा हिँड्न लागिरहेको नेपालको विषयमा अनावश्यक टिकाटिप्पणी नगरेको राम्रो र यस्ता अमर्यादित गतिविधि अबका दिन देख्न नपरोस्!
-डा. संजय गेलाल
काठमाडौं मेडिकल कलेज
चाँगु-५, भक्तपुर

No comments:

Post a Comment