Sunday, December 22, 2019

नेपाली भाषी एकता- एक आक्रमक कुटनीति

विचार: यो लेख कृपया हेरेर सम्पादन गरेर मिलेसम्म प्रकाशित गरिदिनु होला!!
विचार: नेपालीभाषीबीच एकता- एक कुटनीतिक आक्रमण


धार्मिक सहिष्शुण्तामा खलल पुराउने गरी हालैसालै भारतको लोकसभाबाट ल्याइएको CAA (citizenship ammendment Act) र NRCले अन्तत्वगोत्व शरणार्थी समस्या झन् भयाभय बनाउँछ। विशेषगरी मुस्लिम समुदायलाई निशाना गरेर ल्याइएको यो व्यवस्थाले नेपाल जस्तो खुल्ला सिमाना भएको छिमेकी राष्ट्रमा शरणार्थीहरूको झनै घुसपैठ बढ्ने देखिन्छ।
NRCले १९७१ पछि इस्लामिक राष्ट्रबाट भारतको उत्तरीपूर्व प्रान्तमा भित्रिएका
नागरिक लखट्ने भाजपा नेतृत्व भारत सरकारको योजना रहेको देखिन्छ जब कि CAAले मुस्लिमबाहेकका हिन्दु, बौद्ध, सिख, क्रिष्चियन शरणार्थीलाई नागरिकता लिने बाटो खोलिदिएको छ।
एक आपसमा बाँझिएका CAA र NRCले अब मुसलमान समुदाय र शरणार्थीहरू झन् चेपुवामा परेका छन्।
नेपाली सुरक्षाकर्मीको तैनाथीमा सिमा सुरक्षा र सतर्कता बढाएर चेकपोष्ट र अन्य सिमाबाट घुसपैठ रोक्ने योजना ल्याएर नेपाल सरकारले तत्काल कदम चाल्नुनै नेपालको शान्ति सुव्यवस्था लागि बुद्धिमानी ठहर्छ!
त्यस्तै इँतिहासलाई फर्केर हेर्दा हिजो मुलुकको सिमाना विस्तार गर्न युद्ध लड्दा बखत र विश्व युद्धकालिन समयमा नेपालको राजा पृथ्वी नारायण शाह, बहादुर शाह, राणा प्रधानमन्त्री जंगबहादुर राणा र इँतिहासका एक अब्बल कुटनीतिज्ञ राजा महेन्द्र विर विक्रम शाहको चतुरपनले तत्कालिन नेपालको सिमाना सुरक्षाको लागि नेपालीभाषीको बसाईसराई गराइयो। उत्तर पूर्वीभारत, भुटान, सिक्किम, बर्मा, म्यानमारसम्म नेपालीभाषी फैलिएका थियो भने पश्चिममा साथलज खोला सम्म फैलिएको  तथ्य भेटिन्छ । कतिपय नेपालीभाषी बर्मा, म्यानमार लगायत क्षेत्रमा युद्ध लड्दै जाँदा त्यही बसाईसराई गरी बसे।
तत्कालिन अवस्थामा नेपालीभाषीको पकड यो भुगोलमा आज पनि नेपालीभाषीको बाहुल्यता पाइन्छ। तर राजनीतिक घटनाक्रमसंगै सुगौली सन्धी पछि नेपालले आफ्नो झण्डै दुईतिहाई भुभाग गुमायो।
समयक्रम बित्दै जाँदा नेपाल राजनीतिक र कुटनीतिकरूपमा कमजोर अवस्थामा पुग्यो।
विश्व राजनीतिमा नेपालीभाषीको पकड र उपस्थिती कमजोर हुँदै गयो। नेपालीभाषी बिस्तारै खेदिदैं गए।
सुनिन्छ, भुटानमा एउटा गरिब नेपाली किसानको घरमा आफ्नो देशको राजा महेन्द्र शाह र रानीको तस्वीर भन्दै भित्तामा झुण्डाएको  देखेपछि भुटानको राष्ट्रियता र राजतन्त्रनै खत्तरामा भन्ने ठानेर त्यहाँबाट लाखौं नेपालीभाषी शरणार्थी भन्दै खेदिए। पछि तिनै शरणार्थीलाई भारतमा शरण दिइएन तर भारतको बाटो हुँदै नेपाल भित्राइयो। पछि भुटानको सार्वभौमिक अस्तित्व आफै संकटमा पर्यो र भुटानमा भारतको पकड जम्यो।
त्यसैगरी आज उत्तरपूर्वी भारतका नेपालीभाषीको नयाँ पुस्ताले हिजोको इँतिहास भुलिसके ।
उधारो आश्वासन र राजनीतिक चलखेलबीच गोर्खाल्याण्ड मुद्धा कमजोर बनाइँदैछ। विभिन्न राजनीतिक चालबाजी नेपालीभाषीको नेपालसंगको सम्बन्ध टुटाइदै छ।
भानुभक्त आचार्य, पारिजात, भुपी शेरचन, नारायण गोपाल, अरूणा लामा, अम्वर गुरूंग जस्ता नेपाल भाषा र नेपाली भाषीबीच एकता बुन्ने सयौं श्रदेय श्रष्टा बिस्तारै नयाँ पुस्ताले भुल्दै छ।
दार्जलिंगे नेपाली मौलिकता वेस्ट बंगालले विलय पारेजस्तै अन्य क्षेत्रमा पनि पछाडि पारिदैछ।
नेपाली भाषा उनीहरूको निशानामा छ।
नेपालका दाजुभाईले हिजो गोर्खाल्याण्डको आन्दोलन टिभी-इन्टरनेटनै बन्द गराएर भारत सरकारले दबाइ रहँदा विश्व जगतमा सामजिक संजाल र समाचारका माध्यम पुर्याउन सहयोग गरिरहेका थिए।
गोर्खाल्याण्ड मुद्धा कमजोर पार्न दार्जलिंगको नेपालसंगको भाइचारा सम्बन्ध टुटाउन अनेक खेल खेलियो।
आज भारतको संविधानको CAA र NRCमा नेपालबाट बसाई सरेकाको नाम छैन भनेर नेपालीभाषीलाई कुनै अप्ठ्यारो छैन भनेर चुप होलान् तर भोली अन्य पार्टीको नेतृत्वमा नेपालीभाषी त्यसैगरी लखेटिन सक्छन्।
यो सिक्किम, कांलिगपुंग, दार्जलिंग, असाम लगायत थुप्रै ठाँउमा छरिएर बसेका प्राय नेपालीभाषीहरूबीच भित्र लुकेको डर र मनोदशा हो! झन् यो समयमा यो डर सतहमा नै देखा परेको छ।
नयाँ पुस्ता धेरैलाई चित्त नबुझ्नसक्छ तर यो तितो यथार्थ हो।
किनकि इँतिहासमा हिजोको ग्रेटर नेपालको नेपाली भाषी यो भुगोलको शक्तीशाली वर्ग थियो। हामी नेपालीभाषी विच एकता कमजोर पार्नुनै अर्को पक्षको बलियो हतियार हो।
त्यसैले नेपाली भाषा माँसिदैछ। भारतका उत्तरपूर्वी र नेपालीभाषी रहेका राज्यबाट सरकारी कामकाजी
र पाठ्यक्रमबाट बिस्तारै पन्छाइँदैछ।
हिजो देशको सिमाना भाषाले तय गर्थो तर आज जात-धर्मले! कुन सही, कुन गलत त समयले बताउला?
यो लेखको सही मर्म बुझ्न- देशको सिमानाले राष्ट्रियतामा फरक छुटाएर हैन भाषिक एकता जुटाएर बुझिदिनु होला!
हामी हिजो इँतिहासको ग्रेटर नेपालको क्षेत्रफलझैं सिमाना बढाउन सक्ने अवस्थामा त छैनौ, तर नेपालीभाषी विच भाषागत एकता जुटाइराखी भोलीको शक्तिशाली नेपाल निर्माणको बाटो पहिलाउन पनि सकिन्छ।
यसै गरी भारतको राजनीति अघि बढे यस्तै धार्मिक अतिवादबीच भारतको अखण्डतामानै संकटमा आइपर्न धेरै समय नलाग्न पनि त सक्छ?
त्यसैले हाम्रो राष्ट्रको कुटनीति दुर्दर्शी, बलियो र बुद्धिमानी हुन जरूरी छ!
पटक पटक छिमेकी मुलुक भारतबाट सिमा अतिक्रमणको पिडा खेपेको नेपाल भारतसंग के सधैं रक्षात्मक कुटनीतिमात्र अंगिकार गर्ने कि मौका मिले आक्रमक कुटनीतिक अंगाल्ने हो?
आखिर राजनीति संभावनाको खेल न हो!
-डा. संजय गेलाल
चाँगु-३, भक्तपुर